Pura Samachar

ओलीले माफी माग्दै राजीनामा दिए मात्रै पार्टी एकता हुन्छ

प्रकाशित: July 31, 2021

ओलीले माफी माग्दै राजीनामा दिए मात्रै पार्टी एकता हुन्छ

साउन १६, २०७८

काठमाडौं। नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले माफी माग्दै पदबाट राजीनामा दिए मात्रै पार्टी एकता हुने बताएकी छिन्। शनिबार अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पुर्याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता नहुने बताइन्। एमालेभित्र संसद् विघटनलाई प्रतिगमन र जनादेश भन्ने दुई थरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता नहुने बताइन्।

प्रतिक्रिया