Pura Samachar

जिल्ला कमिटीहरूले साउन २३ भित्र नवीकरण गरिसक्नुपर्ने : ईश्वर पोखरेल

प्रकाशित: August 1, 2021

जिल्ला कमिटीहरूले साउन २३ भित्र नवीकरण गरिसक्नुपर्ने : ईश्वर पोखरेल

साउन १७, २०७८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले आगामी साउन २३ भित्र जिल्ला कमिटीहरूले नवीकरण गरिसक्नुपर्ने निर्णय गरेको छ। बैठकपछि बोल्दै महासचिव ईश्वर पोखरेलले २७–२८ भदौमा हुने विधान अधिवेशनका लागि जिल्ला सदस्यता नवीकरणलाई अगाडि बढाइएको हो। उनकाअनुसार बैठकले वडाको ३ असोजमा र ९ असोजमा पालिकाको अधिवेशन गर्ने निर्णय पनि गरेको छ। विधान अधिवेशनबारे थप निर्णय गर्न २४ साउनमा बैठक बस्नेछ।

प्रतिक्रिया