Pura Samachar

माधव समूह र जनता समाजवादी पार्टी(जसपा)ले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

प्रकाशित: August 1, 2021

माधव समूह र जनता समाजवादी पार्टी(जसपा)ले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

साउन १७, २०७८

काठमाडौं। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको माधव समूह र जनता समाजवादी पार्टी(जसपा)ले निर्णय नगर्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जनाएका छन्। आजको पार्टी स्थायी कमिटीको बैठकपछि बोल्दै श्रेष्ठले नेपाल समूहले केही समय कुर्न भनेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए। त्यस्तै, जसपाको आधिकारिकता विवादका कारण केही पर्खिंदा पनि ढिलाइ भएको उनको भनाई थियो। अब चाँडै मन्त्रिपरिषदले पूर्णता पाउने उनले जानकारी दिए।

प्रतिक्रिया