Pura Samachar

पदमा रहुञ्जेल सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

प्रकाशित: August 2, 2021

पदमा रहुञ्जेल सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

साउन १८, २०७८

काठमाडौं। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी तलब र सुविधा नलिने घोषणा गरेका छन्। सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक मन्त्रीको रुपमा आवास,तलबभत्ता लगायतको कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन्। उनले पदमा रहुञ्जेल आफू संग्लग्न सबै व्यावसायिक संस्थाबाट अलग घोषणासमेत गरे। शिक्षा,स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठ साउन १० गते राज्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया