Pura Samachar

थप ३१२५ जनामा कोरोना संक्रमण

प्रकाशित: August 2, 2021

थप ३१२५ जनामा कोरोना संक्रमण

साउन १८, २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार एक सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट तीन हजार एक ९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २२७९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार नौ सय २५ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट २३ जनाले ज्यान गुमाएका छ

प्रतिक्रिया