Pura Samachar

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा गठबन्धन, शीर्ष नेताहरू छलफलमा

प्रकाशित: August 2, 2021

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा गठबन्धन, शीर्ष नेताहरू छलफलमा

साउन १८, २०७८

काठमाडौं। सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन्। नेताहरुबीच मन्त्रिपरिषद् विस्तार र सरकारको न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। आजै बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको थियो।

प्रतिक्रिया