Pura Samachar

१४ वटा जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

प्रकाशित: August 2, 2021

१४ वटा जिल्लामा छन् पाँच सयभन्दा बढी सक्रिय संक्रमित

साउन १८, २०७८

काठमाडौं। आज नेपालका १४ वटा जिल्लामा पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार हाल मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पूर्व, कास्की, बागलुङ, रुपन्देही र सुर्खेतमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा सात लाख ६२ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ।

प्रतिक्रिया