Pura Samachar

सत्तारुढ दल नेकपा भित्र बिवाद !

प्रकाशित: July 2, 2020

सत्तारुढ दल नेकपा भित्र  बिवाद !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपाल , बामदेव गौतम झलनाथ खनाल लगायतका शीर्ष नेताले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन । यो बिषयले सत्तारुढ दल नेकपा जटिल मोडमा पुगेको छ । कतिपयले पार्टी नै विभाजनको संघारमा पुगेको बताइरहेका छन । सत्तारुढ दल नेकपा भित्र किन बिवाद भयो ? सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले चुनावको बेलामा गरेको प्रतिबद्धताअनुसार अघि बढन सकेको छैन । जनताले चुनावी घोषणापत्रलाई विश्वास गरेर नै झन्डै दुई तिहाइ बहुमत दिएका हुन ।

नेकपाले बहुमतको सरकार बनाए पनि निर्वाचनमा गरेको प्रतिबद्धता भुल्दै गएको छ । यो कुरा जनताले बुझदै छन । चुनावी घोषणापत्रमा समृद्धिको नारा अगाडि सारियो । तर मुलुक बिकास र समृद्धिको बाटोमा अघि बढन सकेन । सरकार सञ्चालन गरेको दुई वर्ष बितिसक्दासमेत कुनै कुरा व्यवहारमा रूपान्तरण हुन सकेको छैन
नागरिकले विश्वास गरेर पाँच वर्ष नै नेकपालाई सरकार सञ्चालन गर्ने गरी बहुमत दिएका हुन । तर आज पार्टी भित्रको आन्तरिक बिवादले मुलुकको भबिश्य नै अन्योलमा जान्छ की भन्र्ने चिन्ता बढेर गएको छ ।

जनतालाई सपना देखाउने काम मात्र भयो । कार्यान्वयन केहि हुन सकेन । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सामना गर्न सरकारले सकेन । कागजमा मात्र जारी हुने प्रतिबद्धताले व्यवहारमा खासै परिवर्तन ल्याउन सक्दैन । आन्तरिक किचलोमा रुपमलिएको नेकपाभित्र विवाद बढेर गएको छ । दुई वर्षको समयमा नेकपा नेतृत्वको सरकारले जनतामा आशाको सञ्चार गराउन सकेन । नेकपाले जनताले दिएको जनमतको सम्मान गर्न सकेन । देश भन्दा ठुलो संसारमा केही छैन । सरकारले कम्युनिस्ट आचरण र चरित्र धारण गर्न सकेन ।

आफ्ना नागरिकलाई ढाँट्ने, छल्ने काम कहिल्यै गर्नुहुदैन । खुल्ला, पारदर्शी र शंकारहित वातावरण बनाएर जनताको काम गर्नु पर्दछ ।

कम्युनिस्ट शासकले मित्रहरूको आलोचना, वुद्धिजिविहरुको सुझाव र जनताको गुनासाहरूलाई विरोध ठान्नु हुदैन । अझ आफुले गरेका कामहरूमा कतै कमजोरी भएको रहेछ भने तिनलाई सच्याएर अघि वढ्न सक्नु पर्दछ ।

प्रतिक्रिया