Pura Samachar

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश जारी भएन

प्रकाशित: August 4, 2021

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश जारी भएन

साउन २०, २०७८
काठमाडौं। सर्वोच्च अदालतले महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। जनता समाजवादी पार्टी(जसपा)को आधिकाकिरता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको फैसलाविरुद्ध अन्तरिम आदेश माग्दै ठाकुरले रिट दायर गरेका थिए। बुधबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण देखाऊ आदेश जारी गरेको हो।सर्वोच्चले जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ।

प्रतिक्रिया