Pura Samachar

आयोग विघटनविरुद्ध युवा संघको नेतृत्वमाआज सुकुम्बासी आन्दोलन गर्ने

प्रकाशित: August 5, 2021

आयोग विघटनविरुद्ध युवा संघको नेतृत्वमाआज सुकुम्बासी आन्दोलन गर्ने

२०७८ श्रावण २१

काठमाडौं। भूमीसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले बिहीबार प्रदर्शन गर्ने भएको छ। सरकारले मंगलबार गरेको आयोग विघटन गर्ने निर्णयविरुद्ध युवा संघको नेतृत्वमा मनोहरा बस्तीबाट सुकुम्बासीहरूले बिहीबार३बजे प्रदर्शन गर्ने भएका हुन्। युवा संघका इञ्चार्ज महेश बस्नेतले बिहीबार मनोहरा बस्तीबाट सुकुम्बासीहरूको जुलुस निस्किने जनाए। फेसबुकमार्फत् उनले सुकुम्बासी आन्दोलनमा ऐक्यवद्धता जनाउन अनुरोध पनि गरेका छन्।

प्रतिक्रिया