Pura Samachar

१६ लाख डोज कोभिसिल्ड खोप आउँदै

प्रकाशित: August 5, 2021

१६ लाख डोज कोभिसिल्ड खोप आउँदै

साउन २१, २०७

काठमाडौं।कोभिसिल्ड खोपको पहिलो डोज लगाई दोस्रोको पर्खाइमा रहेकालाई खुसीको खबर छ।लामो प्रतीक्षापछि अब छिट्टै दोस्रो डोज लगाउन पाउने भएका छन्।जापानले अनुदानमा दिन लागेको १६ लाख एष्ट्राजेनेकाको कोभिसिल्ड खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।“कोभिसिल्ड खोप पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहनुभएका आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा सकेसम्म छिट्टै दोस्रो डोज खोप पुर्‍याउन हामी प्रतिबद्ध छौं”,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने।

प्रतिक्रिया