Pura Samachar

२ लाख घुस लिने हाकिम सहित ४ जना पक्राउ

प्रकाशित: July 2, 2020

२ लाख घुस लिने हाकिम सहित ४ जना पक्राउ

२ लाख ४१ हजार घुस लिने खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल सहित चार जनालाई पक्राउ गरेको छ।

जिल्लाको सानटडा खोला तटवन्धन निर्माण सम्पन्नको भुक्तानी लिने क्रममा सेवाग्राहिसँग घुस लिने क्रममा प्रमुख मल्ला सहित सव-इन्जिनियर विरेन्द्र चन्द, रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

सेवाग्राहीसँग घुसमाग गरिरहेको उजुरी पछि आयोगको टोलीले पक्राउ गरेको प्रवत्ता प्रदीपकुमार कोइरालाले बताए।

प्रतिक्रिया