Pura Samachar

क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन निश्चित नभएको : महामन्त्री शशांक कोइराला

प्रकाशित: August 6, 2021

क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन निश्चित नभएको :  महामन्त्री शशांक कोइराला

२०७८ श्रावण २२ गते

चितवन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन निश्चित नभएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसंँग कुरा गर्दै महामन्त्री कोइरालाले क्रियाशील सदस्यता टुंगो लागेपछि मंसिरसम्म महाधिवेशन हुने बताए ।

“क्रियाशील सदस्यता एक वर्ष अघि नसल्टाउनु हाम्रो कमजोरी हो, यो विवाद वडातहबाट नै हुंँदा समस्या भएको छ,” उनले भने ।

अधिवेशन नजिकै आउंँदा क्रियाशीलको सदस्यता विवाद आउने गरेको भन्दै जिल्ला सभापति, क्षेत्रीय सभापति, वडा सभापतिबीच र अन्य पार्टीबाट आएका समायोजनलगायत धेरै कुरा नमिल्दा महाधिवेशन निश्चित नभएको उनको भनाइ छ ।

“म पनि सभापतिको उमेदवार हो, अरु पनि धेरै छन् । महाधिवेशन छिटोभन्दा छिटो होस् भन्ने हो,” उनले भने ।

प्रतिक्रिया