Pura Samachar

ठाकुरपक्षले अगुवा कार्यकर्ता भेला गर्दै

प्रकाशित: August 6, 2021

ठाकुरपक्षले अगुवा कार्यकर्ता भेला गर्दै

साउन २२, २०७८

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज एकैदिन पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ।निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता नदिएपछि संगठन विस्तारका लागि ठाकुरपक्षले आज सप्तरी, सिरहा,महोत्तरी,बारा र दाङमा अगुवा कार्यकर्ता भेला गर्न लागेको नेता लक्ष्मणलाल कर्णले बताए।नयाँ पार्टी गठनपूर्व संगठन विस्तार अभियानअन्तर्गत भेलाले जिल्लाहरुमा समानान्तर कमिटी गठन गर्ने जनाइएको छ। यस्तै भेलाले कार्यकर्तामा फैलाइएको भ्रम चिर्ने कर्णले बताए।

प्रतिक्रिया