Pura Samachar

आइपुग्यो ३ लाख डोज एष्ट्राजेनिका खोप

प्रकाशित: August 6, 2021

आइपुग्यो ३ लाख डोज एष्ट्राजेनिका खोप

साउन २२, २०७८

काठमाडौं । भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनिका खोप नेपाल आइपुगेको छ । ड्रुक एयरलाइन्सको जहाजले आज बिहान खोप नेपाल ल्याएको हो ।

भुटानले आफ्ना नागरिकलाई दिएर बचेको खोप नेपाल पठाएको हो । ७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो ।

नेपालमा भने उक्त खोप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ ।

प्रतिक्रिया