
साउन २२, २०७८
कोभिड–१९ विरुद्धको खोप लगाएपछि पनि कोरोनाको इन्फेक्सन भएको पाइएको छ । यसलाई वैज्ञानिकहरुले ‘ब्रेकथ्रु इन्फेक्सन’ को नाम दिएका छन् । भारत, अमेरिका लगायत विश्वका थुप्रै देशहरुमा यस्तो अवस्था आएको छ । खोपको दुवै डोजपछि पनि भाइरसको संक्रमणले गम्भीर बिरामी बनाउने र अस्पताल भर्ना हुनुपर्ने अवस्था समेत आएको छ । ‘ब्रेकथ्रु इन्फेक्सन’ रोक्नका लागि इजरायल लगायत केही देशहरुले बुस्टर डोज पनि लगाउन सुरु गरिसकेका छन् ।
तर, कति प्रतिशत मानिसहरुलाई खोपको दुवै डोज लगाएपछि पनि इन्फेक्सन हुने खतरा छ त ? यसको उत्तर नयाँ अनुसन्धानबाट पत्ता लागेको छ । बेलायतमा गरिएको एक अनुसन्धानले दुवै डोज खोप लगाएपछि कोरोना संक्रमण हुने खतरा ६० प्रतिशत कम हुने उल्लेख गरेको छ ।
अर्थात, तीन जनामध्ये एक जनालाई कोरोना खोप लगाएपछि पनि इन्फेक्सन हुने खतरा रहन्छ । त्यसैले, विशेषज्ञहरुले खोप लगाएपछि पनि मास्क, सामाजिक दूरी, स्यानिटाइजर जस्ता कुराहरुमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
बेलायतको इम्पीरियल कलेज अफ लण्डन र मार्केट रिसर्च फर्म इप्सोस मोरी (Ipsos MORI) ले संयुक्त रुपमा जुन २४ देखि जुलाई १२ सम्म ९८,२३३ नमुना संकलन गरेका थिए । यसको विश्लेषण गरेर अगस्ट ४ मा अध्ययन रिपोर्ट सार्वजनिक गरिएको थियो । यो अध्ययनलाई रियाक्ट नाम दिइएको छ ।
नयाँ अध्ययनको नतिजाले के भन्छ ?
बेलायतको नयाँ अध्ययनले १६९ जनामध्ये एक व्यक्ति कोरोना भाइरसबाट संक्रमित भयो । जसले दुवै डोज खोप लगाएका थिए तिनीहरुमा प्रिभिलेन्स रेट ०.०४ प्रतिशत छ । अर्थात, १०० मा ४० प्रतिशतमा भाइरसको इन्फेक्सन भयो । त्यसैले, औषतमा तीन व्यक्ति मध्ये एक जनामा भाइरसको इन्फेक्सन हुने खतरा धेरै छ ।
उक्त अध्ययनले खोप नलगाउनेभन्दा लगाउनेलाई कोरोनाको खतरा ६० प्रतिशत कम हुन्छ । यसमा एसिम्प्टोमेटिक इन्फेक्सन सामेल हुन्छ । यस्ता व्यक्तिहरुमा प्रिभिलेन्स रेट १.२१ प्रतिशत हुन्छ । अर्थात उनीहरुमा संक्रमित हुने खतरा खोप लगाएकाभन्दा तीन गुणा बढी हुन्छ ।
प्रतिक्रिया