Pura Samachar

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

प्रकाशित: August 6, 2021

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

साउन २२, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकले सरकार सञ्चालनका लागि कार्यदलले बुझाएको प्रतिवेदन र मन्त्री छनोटबारे छलफल हुने स्थायी कमिटी सदस्य चक्रपाणी खनालले जानकारी दिनुभयो ।

न्युनतम साझा कार्यक्रम र संयुक्त सरकार सन्चालनको कार्यविधि र संहिता तयार भएसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएपछि माओवादी लगायतका गठबन्धन दललाई मन्त्रीको टुङ्गो लगाउन दबाब परेको हो ।

माओवादीमा आकांक्षी धेरै भएका कारण मन्त्री छान्न सकस परिरहेको छ । अध्यक्ष पुष्पकमल दाहालले यसअघि सार्वजनिक कार्यक्रममै मन्त्री छान्न सकस परेको बताउनुभएको थियो । अघिल्लो सरकारमा मन्त्री नभएका र अवसरबाट बन्चित भएकालाई मन्त्री बनाउन नेतृत्वलाई सुझाव दिइएको छ ।

यस्तै क्षेत्र,लिङ्ग र क्षमतालाई मिलाएर निर्णय गर्न अध्यक्षलाई जिम्मा दिइएको खनालले बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८, १५:५९:००

प्रतिक्रिया