Pura Samachar

२४ घण्टामा थप ३७२९ जनामा कोरोना पुष्टि

प्रकाशित: August 6, 2021

२४ घण्टामा थप ३७२९ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा २५ जनाको मृत्यु हुँदा १८८५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १५ हजार ६७५ जनामा नमुना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् भने त्यसमध्ये भेन्टिलेटरमा १५८ जना रहेका छन् । यस्तै आईसीयूमा ७३२ जना रहेका छन् ।

प्रतिक्रिया