Pura Samachar
  • नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा

    प्रकाशित: साउन २२, २०७८

    नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा

    साउन २२, २०७८
    काठमाडौं। नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ। टेलिकमका प्रवक्ता राजेश जोशीकाअनुसार सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि भइरहेकाले कुनै कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर रु २००, रु ५००, रु एक हजार र रु एक हजार ५०० दरका विभिन्न सियूजी प्याकेज छुटसहित उपलब्ध गराइएको छ।

    प्रतिक्रिया