Pura Samachar

साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान

प्रकाशित: August 6, 2021

साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान

साउन २२, २०७८,

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले साउन २८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कांग्रेसले आज विज्ञप्ति जारी गर्दै साउन २८ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको हो ।

बैठकमा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसबारे छलफल गरिने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई सूचित गरिएको छ ।

प्रतिक्रिया