Pura Samachar

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

प्रकाशित: August 7, 2021

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

राष्ट्रिय परीक्षा बोर्डको बैठक शनिवार बस्दैछ। कक्षा १२ को परीक्षा स्थगित गर्नेबारे निर्णय गर्न शनिवार बैठक बोलाइएको जनाइएको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । मन्त्रालयले सो सिफारिस गरेपछि विद्यार्थी र शिक्षक अन्योलमा छन् ।

शुक्रवार साँझ राज्यमन्त्री श्रेष्ठले कोरोना संक्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

उनले लेखेका थिए – ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।’

यही बिषयमा छलफल गर्न आज बोर्डको बैठक बस्न लागेको हो । यसअघि बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया