Pura Samachar

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरपक्षले आज चारवटा जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

प्रकाशित: August 7, 2021

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरपक्षले आज चारवटा जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुरपक्षले आज चारवटा जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ। झापा, धनुषा, पर्सा, कैलालीमा भेला गर्न लागिएको हो। भेलालाई ठाकुरपक्षका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेता लक्ष्मणलाल कर्णले बताए।धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले सम्बोधन गर्नेछन् भने झापामा केशव झा, सन्तोष मेहताले सम्बोधन गर्नेछन्।पर्सामा शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण र कैलालीमा चन्द्रकान्त चौधरी, राजकुमार लेखीलगायतले सम्बोधन गर्ने कर्णले बताए।

प्रतिक्रिया