
काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ। विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो। नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाइएकोछ। नतिजा नेपाल टेलिकम र एनसेलबाट १६०० मा एसएमएस गरेर तथाwww.see.gov.np,www.neb.gov.np, www.see.ntc.net.np, www.ekantipur.com बाट थाहापाउन सकिनेछ। नतिजाका लागि हाल बोर्डको बैठक बसिरहेको छ।
प्रतिक्रिया