काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र रडाको बढ्दै जाँदा स्थायी कमिटी बैठक बाहिर छलफल र भेला बढ्न थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षका नेताहरूलाई खुमलटार बोलाएर परामर्श गरिरहेको स्रोतले बतायो ।
बिहीबार (आज) बिहानै रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल सहितका नेता खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका नेतालाई बोलाओट भएको र जाने क्रम जारी रहेको एक नेताले जानकारी दिए ।
“उहाँले सबैसँग परामर्श गर्ने योजनाअनुरूप आज ओली समूहका स्थायी कमिटी सदस्यहरूलाई निवासमा बोलाएर परामर्श गरिरहनुभएको छ,” खुमलटार पुगेका एक नेताले भने ।
प्रचण्डले हिजो माधव नेपाल र आफूनिकट स्थायी कमिटी सदस्य बोलाएर छलफल गरेका थिए । पार्टी एकताको बचाउका लागि विभिन्न विषयमा छलफल भएको र ओलीलाई सच्याउनेसम्मको विकल्पबारे कुरा उठेको एक सदस्यले बताए । झम्सीखेल भेलामा ४४ मध्ये ३० जना स्थायी कमिटी सदस्य सहभागी थिए ।
प्रतिक्रिया