Pura Samachar

देउवा र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल हुँदै

प्रकाशित: August 8, 2021

देउवा र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बालुवाटार पुग्नु भएको छ । सरकारलाई पूर्णता दिने र गठबन्धनले सार्वजनिक गर्न लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न दाहाल बालुवाटार पुग्नु भएको हो ।

बिहान १० बजेपछि प्रधानमन्त्री देउवा र दाहालबीच छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहालले आजै सिन्धुपाल्चोकका बाढी पीडितसँग आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बताउँदै छलफल गर्न बालुवाटार जान लागेको बताउनु भएको थियो ।

देउवा नेतृत्वको गठबन्धनको सरकार गठन भएको महिना दिन पुग्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको अवस्थामा दुई नेता बीच भइरहेको छलफलले मन्त्रीमण्डलले पुर्णता पाउने विश्वास लिईएको छ ।

प्रतिक्रिया