Pura Samachar

सुनको मूल्य ओरालो

प्रकाशित: August 8, 2021

सुनको मूल्य ओरालो

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। गत हप्ता लगातार घटेको सुनको मूल्य आज पनि घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैंयाँले घटेको छ । जससँगै छापावाला सुनको मूल्य ९० हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य भने तोलामा १ हजार ४ सय ५० रुपैंयाँले घटेको छ। नेपाली बजारमा तेजाबी सुन ८९ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।लगातार घटिरहेको सुनको मूल्य आइतबार पनि घटेसँगै सुन ४० दिन यताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन असार १६ गते यताकै सस्तो हो। उक्त दिन पनि छापावाला सुनको मूल्य ९० हजार र तेजाबी सुनको मूल्य ८९ हजार ५ सय ५० रुपैंयाँ रहेको थियो।

प्रतिक्रिया