Pura Samachar

प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्‍छ

प्रकाशित: August 9, 2021

प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्‍छ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्‌का अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्‍ने बताएका छन् । सामाजिक सञ्‍जालमा ट्‍वीट गर्दै भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

त्‍यस्तै पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउनसक्ने उल्लेख गरेका छन् । कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरियन्ट पराजित भए पनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ !’ भट्टराईले ट्‍वीट गरेका छन् ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोश्रो चाहीँ संविधानको आत्मा मार्ने गरी आउनसक्छ । अत:ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं !’

प्रतिक्रिया