Pura Samachar

आलोपालो सरकार चलाउने कांग्रेस र माओवादीबीच समझदारी

प्रकाशित: August 10, 2021

आलोपालो सरकार चलाउने कांग्रेस र माओवादीबीच समझदारी

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सरकार चलाउने समझदारी भएको छ ।

नयाँ सरकार गठनको प्रयास भइरहेको लुम्बिनीमा विपक्षी गठबन्धनका कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने समझदारी भएको हो ।

पहिलो ८ महिना माओवादी केन्द्रका कूलप्रसाद केसी र अर्को ८ महिना नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने समझदारी भएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाउने वा नपाउने टुंगो नलागि विपक्षी गठबन्धनका दलबीच सरकार चलाउने विषयमा समझदारी भएको हो । यस विषयमा औपचारिक सहमति हुन भने बाँकी रहेको र भोलिसम्म हुने बताइएको छ ।

विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।

प्रतिक्रिया