Pura Samachar

मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको मृत्यु

प्रकाशित: August 10, 2021

मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको मृत्यु

काठमाडौं । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए ।

सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठक्कर दिएको थियो । तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचारपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।

मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुनलाई पक्राउ गरिएको डिएसपी लामाले बताए ।

प्रतिक्रिया