Pura Samachar

असाधारण जनमतबाट पुनः प्रधानमन्त्री बन्ने ओलीको दाबी

प्रकाशित: August 10, 2021

असाधारण जनमतबाट पुनः प्रधानमन्त्री बन्ने ओलीको दाबी

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू असाधारण जनमतबाट पुनः प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। सरकारमा हुँदा आफूले गरेका राम्रा काम हेरेर जनताले मत दिने उनको दाबी थियो। मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले अरूजस्तो परमादेशबाट नभई जनादेशबाट पुनः प्रधानमन्त्री बन्ने उनले स्पष्ट पारे। प्रधानमन्त्रीबाट हट्नुपर्दा भन्दा आफूलाई अदालतबाट जनताको भरोसा घट्छ कि भन्ने चिन्ता लागेको ओलीले बताए।

प्रतिक्रिया