
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीबाट हटेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पहिलोपटक प्रतिनिधि सभा बैठकमा बोले।
प्रमुख प्रतिपक्षी एमालेका नेता ओलीले सरकार परिवर्तन हुनु, गठबन्धन बन्नु तथा सरकारका न्युनतम साझा कार्यक्रममाथि केन्द्रित रहेर अभिव्यक्ति दिएका दिए।
ओलीले प्रतिनिधि सभामा आफ्ना भनाइ सकेलगत्तै सत्तारूढ जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ओलीका कुराप्रति कटाक्ष गरेका छन्।
ओलीले शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना हुँदा पनि केहि काम नभएको भन्दै सरकार र गठबन्धनको आलोचना गरेका थिए।
प्रतिक्रिया