Pura Samachar

‘मेलम्चीको पानी छिट्टै काठमाडौं आउँछ’

प्रकाशित: August 11, 2021

‘मेलम्चीको पानी छिट्टै काठमाडौं आउँछ’

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले छिट्टै काठमाडौंमा पानी आउने बताएको छ । मेलम्चीमा बाढीले क्षती पुर्याएर काठमाडौंमा पानी आउन कठिन हुने हल्लाले काठमाडौँ बासी चिन्तत  बनेका बेला मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी छिट्टै काठमाडौं आउने बताएको हो ।

आयोजनाले नेपाल सरकारका सरोकारवाला निकाय र नेपाली सेनासँग समेत समन्वय गरी काम गर्ने योजना बनाएको र छिट्टै पानी आउने विश्वास रहेको बताएको छ । बाढीले आयोजनाको मुख्य हेडवर्क्समा क्षति गरेपछि समस्या देखिएको हो ।

गत असार १ र १६ गते आएको भीषण बाढीका कारण मेलम्ची क्षतिग्रस्त बनेको थियो । आयोजनाको निर्माण सम्पन्न गरी परीक्षणका क्रममा करिब १७ करोड लिटर पानी काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया