Pura Samachar

महाधिवेशनबारे रणनीति बनाउन सभापति देउवा छलफलमा

प्रकाशित: August 11, 2021

महाधिवेशनबारे रणनीति बनाउन सभापति देउवा छलफलमा

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ भित्रै महाधिवेशन गर्नुपर्ने माग राखेको बेला सभापति शेरबहादुर देउवाले आफ्नो समूहको रणनीति बनाउन छलफल थालेका छन्। बूढानीलकण्ठमा सुरू भएको छलफलमा देउवानिकट पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन्।देउवाले भदौ १६ मा महाधिवेशन उद्घाटन हुने अवस्था नरहेकाले १४ औं महाधिवेशन सार्नेबारे सुझाव दिन आग्रह गरेका छन्। आजै कांग्रेस शीर्ष नेताहरूको बैठक पनि बस्दैछ।

प्रतिक्रिया