Pura Samachar

प्रवेश पत्र देखाएर विद्यार्थीले कोरोना खोप लगाउन पाउने,

प्रकाशित: August 11, 2021

प्रवेश पत्र देखाएर विद्यार्थीले कोरोना खोप लगाउन पाउने,

सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको हो।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डाक्टर झलक गौतमले अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन लागिएको बताए।

‘खोप लगाउन काठमाडौंमा चार वटा केन्द्र तोकिएको छ,’ उनले भने, ‘जिल्ला स्वास्थ्य कार्यालयले निर्णय गरेपछि कहिलेदेखि खोप लगाउने भन्ने टुंगो हुन्छ।’

विद्यार्थीहरूलाई भेरोसेल वा अस्ट्राजेनिकामध्ये खोपको पहिलो मात्रा लगाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ।

प्रतिक्रिया