Pura Samachar

संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेला जारी

प्रकाशित: August 12, 2021

संस्थापन पक्षका जिल्ला सभापतिहरुको भेला जारी

काठमाडौं।महाधिवेशनलाई सुनिश्चित गराउन भन्दै कांग्रेसको संस्थापन पक्षका जिल्ला सभापतिहरु छलफलमा जुटेका छन्।यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला गरेको थियो।लगत्तै संस्थापन पक्षले पनि भेला आयोजना गरेको हो।बिहीबार बिहानदेखि समिट होटलमा सभापतिहरुको भेला सुरु भएको भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए।सभापति भेलाका नाममा महाधिवेशन र पार्टी नेतृत्वका बारेमा भ्रम फैलाउने काम भएपछि त्यसलाई चिर्न छलफलमा जुटेको थापाले बताए।

प्रतिक्रिया