Pura Samachar

मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

प्रकाशित: August 12, 2021

मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

केसीलाई काँग्रेस, जनमोर्चा र जसपा समेतको समर्थन रहेको छ ।  आजै चार दलका ४२ सदस्यहरुले केसीको नाममा आफूहरुको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावेदारी प्रस्तुत गरेका थिए ।

यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमत पु-याएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका थिए।

शंकर पोखेरलको बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।  नवनियुक्त मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका थिए ।  प्रदेश प्रमुखले केसीलाई मुख्यमन्त्री नियुक्त गरेसँगै अपरान्ह ४ बजे शपथ ग्रहण गराउने तयारी भएको छ ।

प्रतिक्रिया