
गुल्मी । गुल्मीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । बुधबार साँझ इश्मा गाउँपालिका–४ का ११ वर्षीय राहुल गन्धर्व र बिहीबार बिहाने मालिका गाउँपालिका–२, पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको चट्याङ लागेर ज्यान गएको हो ।
चट्याङमा परि ६ जना घाईते भएका छन् । घाइते हुनेहरुमा ४२ वर्षीय रामबहादुर गन्धर्व, २४ वर्षीया रूपा नेपाली, ९ वर्षीय किस्मत नेपाली, १७ वर्षीया राधा खत्री, २३ वर्षीया गोमा खत्री र २४ वर्षीया शर्मिला खत्री रहेका छन् । प्रतेलको घरमा समेत क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनु भयो ।
घाइतेमध्ये रामबहादुर रूपा र किस्मतको पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । राधा खत्रीको दोहोली प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्यको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको शव गुल्मी अस्पतालमा पोष्टमार्टम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया