Pura Samachar

देशभर बदली रहने, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाकाे सम्भावना

प्रकाशित: August 13, 2021

देशभर बदली रहने, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाकाे सम्भावना

साउन २९, २०७८

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था 
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाको भानाइ छ ।

शुक्रवार दिउँसो देशका अधिकाँश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश  थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारीवर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी 
देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया