
काठमाडौं । ललितपुर र कैलालीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका ९, बालकुमारी र कैलालीको गोदावरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
बालकुमारी पुलस्थित सडकमा प्रदेश २ को ०२७ प ३४५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २३ वर्षीय बिकेश श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
त्यस्तै, कैलाली जिल्लाको गोदावरी नगरपालिका ४, गोदावरीस्थित सडकमा से १ ख ८५१ नम्बरको ट्रक सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा ट्रक चालक ३२ वर्षीय रामसिंह महराको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको पद्ध अस्पताल हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया