Pura Samachar

मौद्रिक नीति आज आउने

प्रकाशित: August 13, 2021

मौद्रिक नीति आज  आउने

काठमाडौं।नेपाल राष्ट्र बैंकले आज सवा ४बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।राष्ट्र बैंकले दिएको सूचनाअनुसार आज शुक्रबार दिउँसो मौद्रिक नीति ल्याउन लागेको हो।नयाँ आर्थिक वर्ष २०७८/७९सुरु भएलगत्तै आउनुपर्ने मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिला गरेर आउन लागेको हो।यसअघिको केपी शर्मा ओलीको सरकारले ल्याएको बजेटको आधारमा तयार भएको मौद्रिक नीति नयाँ सरकार आएपछि आफ्नै योजना राखेर ल्याउँदा २८दिन ढिला भएको हो।

प्रतिक्रिया