Pura Samachar

शिक्षक आन्दोलनमा प्रहरीको धरपकड र गिरफ्तार

प्रकाशित: August 13, 2021

शिक्षक आन्दोलनमा प्रहरीको धरपकड र गिरफ्तार

काठमाडौं। नेपाल शिक्षक महासंघको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ। १०बजे प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन टंगालमावि नक्सालमा भेला भएका शिक्षकहरुमाथि प्रहरीले धरपकड गरेको हो। प्रहरीले विद्यालयभित्रै पसेर आन्दोलनको तयारीमा रहेका ६०बढी शिक्षकहरुलाई गिरफ्तार गरेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए। हाल पूर्ण दवाडी, लक्ष्मीकिशोर सुवेदी,शंकर अधिकारी, राजेन्द्रराज पौडेललगायतका शिक्षक नेताहरुलाई कमलपोखरी प्रहरी परिसरमा हिरासतमा राखिएको छ।

प्रतिक्रिया