Pura Samachar

काठमाण्डौ उत्पयकामा हालसम्मकै धेरै संक्रमित थप

प्रकाशित: July 2, 2020

काठमाण्डौ उत्पयकामा हालसम्मकै धेरै संक्रमित थप

काठमाण्डौ । काठमाण्डौ २४ घण्टाभित्र हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् ।

काठमाण्डौका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डौका रहेका छन् । शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परीक्षणको क्रममा काठमाण्डौका १७ महिला र ११ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, सो प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

शुक्रराज टपिकल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका १ पुरुष र भक्तपुरका २ पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा ४७३ संक्रमित थपिएका छन् । थपिएकामध्ये १०९ महिला छन् भने ३६४ जना पुरुष छन् । योसहित कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ

प्रतिक्रिया