Pura Samachar

खाेप प्रमाणीकरण प्रमाणपत्र अब अनलाइनबाटै प्राप्त गर्न सकिने

प्रकाशित: August 14, 2021

खाेप प्रमाणीकरण प्रमाणपत्र अब अनलाइनबाटै प्राप्त गर्न सकिने

काठमाडौं । काेराेनाविरुद्ध खोप लगाएको प्रमाणपत्रका लागि अब लाइनमा बस्नु पर्ने झन्झट हटेकाे छ । प्रमाणपत्र लिन अब अनलाइनबाटै फर्म भरेर प्राप्त गर्न सकिने भएकाे छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै खोप प्रमाणीकरण प्रमाणपत्र आवश्यक पर्ने व्यक्ति स्वयं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेब साइट https://vaccine.mohp.gov.np अनलाइन प्रणालीमार्फत् खोप लगाएको विवरण प्रविष्टि गरी आवश्यक कागजात अपलोड गरी प्रमाणपत्र लिन मिल्ने जनाएको हाे।

अनलाइनबाट प्रमाणपत्र लिनका लागि खोप कार्ड, राहदानी नम्बर अनलाइन फार्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी क्युआर कोडसहितको प्रमाणीकरण प्राप्त गर्न सकिने मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

प्रतिक्रिया