Pura Samachar

बेलायतमा गोली लागेर तीन वर्षीय बालिकासहित ३ जनाकाे मृत्यु

प्रकाशित: August 14, 2021

बेलायतमा गोली लागेर तीन वर्षीय बालिकासहित ३ जनाकाे मृत्यु

लन्डन । बेलायतको दक्षिणपश्चिमी सहर प्लाइमाउथमा एक व्यक्तिले चलाएको गोली लागेर एक बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको छ । बिहीबार राति एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा एक तीन वर्षीय बालिका र उनका दुई आफन्तकाे मृत्यु भएकाे बेलायती प्रहरीले जनाएकाे छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।

बेलायतमा ११ वर्षमा पहिलोपटक भएको समूह लक्षित गोलीकाण्ड भएको हो ।

डेवन एन्ड कर्नवाल प्रहरीका अनुसार २२ वर्षीय हत्यारा जेक डेभिसनले तीन वर्षीय बालिका उनका आफन्त र अन्य तीन व्यक्तिलाई गोली हानेपछि आफूलाई पनि गोली हानेकाे प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । घटनामा घाइते भएका दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ । एएफपी

प्रतिक्रिया