Pura Samachar

केन्द्रीय महाधिवेशन मंसिर ९ गते, वडा अधिवेशन भदौ १८ मा

प्रकाशित: August 15, 2021

केन्द्रीय महाधिवेशन मंसिर ९ गते, वडा अधिवेशन भदौ १८ मा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । केन्द्रीय समितिको शनिबार बसेको बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको छ ।

गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

प्रतिक्रिया