Pura Samachar

अनेरास्ववियू क्रान्तिकारीले आफ्नो २२ औँ राष्ट्रिय सम्मेलन आगामी ८ देखि १० असोजसम्म गर्ने निर्णय

प्रकाशित: August 15, 2021

अनेरास्ववियू क्रान्तिकारीले आफ्नो २२ औँ राष्ट्रिय सम्मेलन आगामी ८ देखि १० असोजसम्म गर्ने निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियू क्रान्तिकारीले आफ्नो २२ औँ राष्ट्रिय सम्मेलन आगामी ८ देखि १० असोजसम्म गर्ने निर्णय गरेको छ। संगठनको २९ साउनमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले जानकारी दिए। त्यसका लागि १५ भदौभित्र इकाई, क्याम्पस, पालिकाको तथा २५ भदौदेखि १ असोजभित्र जिल्लाहरूको सम्मेलन सक्ने क्रान्तिकारीले जनाएको छ।

प्रतिक्रिया