
काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरुलाई छलफलका लागि बोलाउनुभएको छ । बैठक साढे २ बजेपछि पौडेलनिवास बोहोराटारमा बस्न लागेको हो ।
महाधिवेशनको मिति तय भएपछि यस विषयमा कसरी अघि बढ्ने भन्ने बारे नजिक भएका र राय मिल्ने साथीहरुको बीचमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता भदौ २ गते टुंगो लगाइसक्ने निर्णयका सन्दर्भमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया