Pura Samachar

माओवादीका जिल्ला समितिहरू खारेज

प्रकाशित: August 16, 2021

माओवादीका जिल्ला समितिहरू खारेज

काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्नो जिल्ला समितिहरू खारेज गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनका अनुसार जिल्ला समितिहरू खारेज भएर अब जिल्ला समन्वय समितिहरू रहनेछन्। बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। प्रचण्डले राजनीतिक र सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिक्रिया