Pura Samachar

काठमाडौं महानगरले अझै केही दिन फोहोर नउठाउने

प्रकाशित: August 16, 2021

काठमाडौं महानगरले अझै केही दिन फोहोर नउठाउने

काठमाडौं महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने भएको छ।

उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको थियो।

महानगरले सोमबार सूचना निकालेर अझै केही दिन फोहोर नउठाइने बताएको छ। ल्यान्डफिल्ड साइटको सडक बिग्रेकोले मर्मत गर्नुपर्ने अवस्थामा छ

केहीदिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रेको छ।

‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले सूचना निकालेर भनेको छ।

प्रतिक्रिया