
न्याय सेवा आयोगको आजको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त सरुवा गरेको हो । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका सचिव कृष्णजीवी घिमिरेलाई नायब महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ भने उक्त आयोगमा नायब महान्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गरिएको छ ।
प्रतिक्रिया